अपांगता भएका र एकल महिलाको भत्ता वितरण नगर्ने निर्णय तत्काल खारेज गर्न माग
नेपाली कांग्रेसले अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने भनी गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
कांग्रेसले विज्ञप्ती जारी गर्दै कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य भएको उल्लेख गरेको छ ।
नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान रहेको भन्दै कांग्रेसले सामाजिक सुरक्षा भत्ता रोक्नु कानून र नियमविपरीत भएको बताएको छ ।