टेकु अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि
कोरोना भाइरसको संक्रमण एक स्वास्थ्यकर्मीमा देखिएको छ । ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पीसीआर रिापेर्टमा मंगलबार कोरोना पोजिटिभ देखिएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिएका थिए ।
स्वास्थ कार्यलयका प्रमुख खगेश्वर गेलालका अनुसार उनी रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत २६ वर्षीय चिकित्सक हुन्।