बाराका रेडियोकर्मीमा कोरोना संक्रमण
हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार १६:१४
बारामा फेला परेका कोरोना संक्रमित स्थानीय एक रेडियोमा कार्यरत पत्रकार रहेको खुलेको छ । सोमबार बाराको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
ती ३८ वर्षीय पुरुष कलैयास्थित संस्कार एफएममा कार्यरत रहेको जनाइर्एको छ ।
योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित पत्रकारको संख्या ४ पुगेको छ ।