के भएको थियो सचिवालय बैठकमा जसले प्रधानमन्त्री ओलीलाई बैठक छोड्न बाध्य बनायो ?
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा आली बाहिरिएका छन् । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक चल्दा चल्दै प्रधानमन्त्री ओली केहि नबोली बाहिरीएका हुन् ।
यसबाट पछिल्लो समय नेकपा भित्र राजनीतिक समिकरण बिग्रिएको प्रष्ट भएको छ ।
विगत केहि समय अघि देखि नेकपा भित्र तिब्र विवाद चल्दै आएको छ । परिणमस्वरुप आजको सचिवालय बैठक सुरु हुने बित्तिकै दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली जुरुक्कै उठेर हिँडेका छन् ।
प्राप्त जानकारी अनुसार प्रधानमन्त्री हिँडेता पनि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक जारी छ ।
भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न डाकिएको सचिवालय बैठकमा ओलीले के प्रस्ताव वा कुरामा चित्त बुझाएनन् त्यो भने खुल्न बाँकी छ ।
यद्यपी यसअघिदेखिनै नेकपामा विवादीत बनेको एक पद एक मुख्य जिम्मेवारीमा विवाद भएको बताइएको छ ।
यसैबीच बैठकले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने निर्णय गरेको जनाइएको छ ।
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका नेताहरु गुटगत कित्तामा उभिएपछि पार्टीको कलह अझ सतहमा देखिन थालेको छ । आज बैठक बस्नुअघि नेताहरु एक अर्कासँग भेटघाट तथा छलफलहरु बढाएका थिए ।