बजेट अधिवेशन वैशाख २६ गते बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय
सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले आउँदो वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो।
बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ। जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकाले अधिवेशन बोलाएको हो।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गर्ने गरी संसदको बैठक कक्षको व्यवस्थापन गरिएको छ।