जरायोको सुकुटी खान निम्ता दिने व्यक्ति पक्राउ
जरायोको सुकुटी खान फेसबुकमार्फत निम्ता दिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–६ निवासी ३५ वर्षीय शिवराज पुन रहेका छन् ।
पुनले बिहीबार आफ्नो फेसबुकवालमा‘ लकडाउनको सदुपयोग गरौं, मेरो घरमा जरायोको सुकुटी खान आउनुस स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए । फेसबुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजन वन कार्यालय लमहीका प्रमुख प्रविण बिडारीले जानकारी दिएका छन्।
पक्राउ गरिएका व्यक्तिलाई आवश्यक बेलामा उपस्थित हुने सर्तमा वडाध्यक्षको जिम्मा लगाएर छाडिएको छ।