भिमफेदी कारागारका १३ कैदीबन्दी क्वारेन्टाइनमा 

हेटौडा न्युज
१० बैशाख २०७७, बुधबार २२:५६
;

मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीका १३ जना कैदीबन्दीलाई कारागार प्रशासनले क्वारेन्टाइनमा राखिएको छ । कारागार प्रशासनले लकडाउन पछि कारागार आएका १३ जना नयाँ कैदीबन्दीहरुलाई क्वारेन्टाइनमा राखेको हो । 

कारागामर प्रशासनले कारागार भित्र बाहिरका मान्छे छिर्न तथा कैदीबन्दी भेट्न नदिएको बताउँदै कारागारमा उच्च सतर्कता अपनाएको कारागारका जेलर प्रकाश खनालले बताएका छन् । 

कारागार प्रशासनले कारागारको ४० जनाको क्षमता भएको २ वटा कोठालाई क्वारेन्टाइन बनाएको बताएको छ । कारागारमा चैत ८ गते पछि  थपिएका १३ जना कैदीबन्दीलाई छुट्टै कोठामा सो क्वारेन्टाइन राखिएको हो । 

क्वारेन्टाइनमा राखिएका १३ जना कैदीबन्दीहरुको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किटबाट एन्टीबडी परीक्षण गरिएपछि मात्र अरुसँग राख्ने जेलर खनालले बताए । 

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायका अनुसार कारागारमा आरडीटी परीक्षणको तयारी भइरहेको र पहिलो चरणमा आरडीटी परीक्षणका लागि ४० वटा किट भीमफेदी पठाइ सकेको बताएका छन् । 

भीमफेदी कारागारमा हाल नौसय ७६ जना कैदीबन्दी रहेका छन्। कारागारभित्र कर्मचारी तथा प्रहरी छिर्दा ज्वरो परीक्षण गर्ने र हात धुने तथा सेनिटाइजरको प्रयोग गरेरमात्र छिराउने गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*