राष्ट्रपति कार्यालयले सरकारलाई फिर्ता गर्यो ९ करोड ५० लाख बजेट
सरकारलाई राष्ट्रपति कार्यालयले ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । राष्ट्रपति कार्यालयका लागि सरकारले उपलब्ध गराएको बजेटमध्ये ९ करोड ५० लाख रुपैयाँ फिर्ता गरेको हो ।
महामारीको रुप लिएको कोरोनाभाइरसको कारण जटील अवस्था सिर्जना भएपछि सरकारले उपलब्ध गराएको कूल बजेटमध्येबाट सो रकम फिर्ता गरिएको हो । चालु आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षक अन्र्तगत बजेट अपलब्ध गराएको थियो ।
सो बजेट सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।