सरकारले निजी गाडीलाई लामो दुरीमा पनि चल्न दिने

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार २२:५७
;

कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएतापनि निजी गाडीलाई भने चलाउन दिने भएको छ ।  निजी गाडीलाई भने अहिलेसम्म रोक नलगएकोे यातायात व्यवस्था विभागले जनाएको छ । 

काठमाण्डौबाट लामो दुरीमा छुट्ने बसलाई चलाउन दिइएको छैन । यस्तै एउटै जिल्लाभित्र गाडी चलाउन  पाए पनि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी चलाउन नपाइने विभागका महानिर्देशक गोगनबहादुर हमाल बताएका छन् । 

यसैबीच कोरोना भाइरसको जोखिम बढेपछि काठमाण्डौ उपत्यका पनि सुनसान जस्तै बन्न थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*