रोनाल्डोको सन्देशः जीवनरक्षा भन्दा ठूलो अरु कुनै विषय हुन सक्दैन, कारोना भाइरसबाट सतर्क रहौं
कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव पारिरहँदा खेल क्षेत्रमा समेत यसबाट त्रास फैलिँदै गएको छ । चर्चित फुटबलहरु समेत भाइरसबाट संक्रमित भएको समाचारहरु बाहिरिएका छन्। विशेष गरी इटलियन क्लब युभेन्टसका डेनियल रुगानीलाई कोरोना सङक्रमण भएको तथ्यहरु बाहिरआइरहँदा युरोपका ठूला फुटबल लिगहरु तत्काललाई स्थगित भएका छन्।
कोरोना सङ्क्रमणको आशङकामा सेल्फ क्वारेन्टाइनमा बसिरहेका रोनाल्डोले स्वास्थ्य सन्देश पठाएका छन्। उनले ट्वीट गर्दै संसार नै अफ्ठ्यारो अवस्थामा रहेकाले सावधानी अपनाउन अनुरोध गरेका छन्।
उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोरोना सम्वन्धी लिङ्कसँगै आफ्नो सन्देश शेयर गर्दै डब्लुएचओ या आधिकारिक निकायको निर्देशनहरु पालना गर्न सुझाव दिएका छन्।
For information: https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019/advice-for-public …
30.4K people are talking about this
‘म आज फुटबलरका रुपमा होइन, एउटा छोरा, बुवा र एक व्यक्ति जो विश्वको पछिल्लो समय विकसित भएको घटनाक्रमसँग सम्वन्धित छ, उसको रुपमा यो सन्देश दिँदै छु।’ उनको सन्देशमा लेखिएको छ, ‘जीवनरक्षा भन्दा ठूलो अरु कुनै विषय हुन सक्दैन। मेरो सन्देश उनीहरुलाई छ जसले आफ्ना नजिककालाई गुमाए। र, मेरो टिमको साथी ड्यानियल रुगानी जस्तै जो यो भाइरससँग लडिरहेका छन् उनीहरुलाई पनि मेरो साथ छ।’
रोनाल्डोले आफ्नो जीवनको जोखिम मोलेर उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो समर्थन रहेको बताएका छन्।