विदेशबाट फर्किने नेपाली क्वारेन्टाइनमा बस्नुपर्ने, भिसा लिन कोरोना नभएको प्रमाण चाहिने

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार १७:३४
;

नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले स्पेनबाट फर्किने नेपालीहरु  अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको जनाएको छ । साथै दूतावासले नेपाल फर्किने भिसा अनिवार्य दूतावसबाट नै लिन र आवेदन दिँदा कोरोना नभएको प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको छ । 

स्पेनमा कोरोनाको संक्रमणदर उच्च भएकाले सेवा लिन दूतावासमै आउनु पर्ने बाध्यतालाई भने दूतावासले हटाएको छ । दूतावासको टेलिफोन वा कर्मचारीको मोबाइलमा सम्पर्क गरी सम्पूर्ण जानकारी लिन सकिने जनाएको छ । 

सेवाग्राहीले जुनसुकै बेला दूतावासको पोष्ट बक्समा डकुमेन्ट छाडेर जान सक्ने छन् । यसरी छाडिएका डकुमेन्टको तत्काल कारबाही गरेर फोनमार्फत बोलाउने व्यवस्था दूतावासले मिलाएको छ ।

कोरोनाका कारण स्पेनमा ४५ बढीको मृत्यु भइसकेको छ । नेपाल सरकारले स्पेनसहित ८ देशलाई उच्च संक्रमित देशको सूचीमा राखी आवागमन, भिसा र स्वास्थ्य परीक्षणका लागि विशेष व्यवस्था गरेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*