कोरोना भाईरसको संक्रमणबाट भारतमा पहिलो पटक एकजनाको मृत्यु

हेटौडा न्युज
२९ फाल्गुन २०७६, बिहीबार १४:१३
;

भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको हो ।

कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृ’त्यु भएको जनाइएको छ । भारतको कर्नाटक राज्य सरकारले कोभिड–१९ (कोरोना भाइरस) महामारी घोषणा गरेको छ। बुधबार कर्नाटकले कोरोना भाइरसको महामारी घोषणा गरेको भारतीय समाचार माध्यमले जनाएका हुन् ।

कर्नाटक राज्यमा सबै विद्यालय बन्द भइसकेका छन्। परीक्षाका कार्यक्रम पनि सारिएको छ । भने हाम मिलाउनुको सट्टा नमस्ते अभियान समेत चलाइएको छ।

कर्नाटकका स्वास्थ्य मन्त्रीले १ लाखभन्दा बढी मानिसमा कोरोनाको परीक्षण गरिए पनि ६ सय मानिसमा मात्र संक्रमण हुन सक्ने आशंका गरिएको बताएका छन्।

भारतमा हालसम्म ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसैबीच भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै भारत सरकारले अप्रिल १५ सम्मका सबै भिसा रद्द गर्ने निर्णय गरेको हो।

बुधबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने निर्णय भएको गरेको छ।

‘कूटनीतिक, कार्यालयीय, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय निकाय, रोजगारी, प्रोजेक्ट भिसाबाहेक हाल जारी भएका सबै भिसा अप्रिल १५ सम्मका लागि रद्द गर्ने निर्णय भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*