६ जनाको मृत्यु भइसकेको बेलायतकी कनिष्ठ स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार १७:३८
;

बेलायतकी कनिष्ठ स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।

स्वास्थ्यकर्मीले डोरिजलाई कहाँबाट भाइरस संक्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भएकी थिइन्।

स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी ८४ वर्षीया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन्।

बेलायतमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ६ जनाको ज्यान गइसकेको छ भने करिब चार सय जना संक्रमित छन्। 
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*