हेटौंडा – १५ का १ सय ५७ जना नेकपामा प्रवेश 

हेटौडा न्युज
२५ फाल्गुन २०७६, आईतवार २२:०२
;

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  मा  हेटौंडा उपमहानगरपालिका–१५ बस्ने १ सय ५७ जना प्रवेश गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका उनीहरुलाई हेटौंडा उपमहानगरपालिका–५ स्थित जिल्ला कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पार्टी प्रवेश गराईएको हो ।
 
नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यता र  सचिव प्रेमबहादुर पुलामी सभाध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. १५ का राप्रपा पार्टिका जिल्ला कार्यसमिति सदस्य ओमकार भट्ट, साविक चुरियामाईका पुर्व वडाध्यक्ष चम्फु सिंह वाईवासहित १५७ जनालाई टिका र खादा लगाई पार्टी प्रवेश गराईएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*