बागमती गोल्डकपको सम्पुर्ण तयारी पूरा

हेटौडा न्युज
२६ माघ २०७६, आईतवार २३:२७
;

मकवानपुरको बागमती गाउँपालिकामा हुन लागेको बागमती गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । बागमती गोल्डकपको यो तेस्रो संस्करण हो । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै फागुन ३ गतेदेखि १२ गतेसम्म हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको हो ।

बागमती गाउपालिकाको मुख्य प्रायोजनमा बागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा हुने गोल्डकपको लागि मैदान निर्माण प्याराफिट निर्माणको काम सकिएको आयोजकले जानकारी दिएको छ ।

गोल्डकपमा ए डिभिजनका ५ र मोफसलका ५ क्लब गरी जम्मा १० क्लब सहभागी हुनेछन् ।

आयोजकका अनुसार प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा क्लब, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लबले प्रतिस्पर्धा गर्ने छन् भने मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, नव जनजागृती युवा क्लब सीमरा, बागमती युवा क्लब सर्लाही, बीरगञ्ज यूनाइटेड बीरगञ्ज र आयोजक बागमती खेलकुद विकास समिति टिमले प्रतिस्पर्धा गर्ने छन् ।

गोल्डकपको विजेताले ६ लाख नगद सहित शिल्ड र मेडल, उपविजेतले ३ लाख  नगद सहित शिल्ड र मेडल प्राप्त गर्ने छन् । गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् ।

उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेआयोजकले बताएको छ ।

बागमती खेलकुद विकास समितिको आयोजनामा हुन लागेको गोल्डकपमा एकैसाथ ७ हजार दर्शकले खेल हेर्न सकिने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*