कोरोना भाईरसको प्रकोप बारे चेतावनी दिने डाक्टरकै मृत्यु

हेटौडा न्युज
२४ माघ २०७६, शुक्रबार १९:२५
;

कोरोनाभाइरस संक्रमणको महामारीको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सोही भाइरसका कारण मृत्यु भएको छ।

३४ वर्षीय ली वेनलियान्गको उपचारका क्रममा मृत्यु भएको हो। वुहान केन्द्रीय अस्पतालमा काम गर्ने क्रममा उनलाई कोरोनाभाइरसको संक्रमण भएको थियो।

उनले गत डिसेम्बरमा आफ्ना साथी डाक्टरहरूलाई भाइरस संक्रमणको महामारीको चेतावनी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई झूटो विवरणहरू नदिन भनेको थियो।

चिनियाँ अखबार पिपुल्स डेलीले उनको स्थानीय समयअनुसार शुक्रबार बिहान २:४८ बजे मृत्यु भएको जनाएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोनाभाइरसका कारण हालसम्म चीनमा ६३६ जनाको मृत्यु भइसकेको छ भने ३१ हजार एक सय ६१ जनामा यो संक्रमण भेटिएको छ।संक्रमणबाट बिहीबारमात्रै ७३ जना को मृत्यु भएको थियो। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*