नेकपाका उपाध्यक्ष बामदेव गौतम हेटौंडा आउँदै 

हेटौडा न्युज
२३ माघ २०७६, बिहीबार २१:०२
;

बागमती प्रदेशको राजधानी हेटौंडामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम आउने भएका छन् । माघ २४ गतेदेखि  हेटौंडामा हुने नेकपा निकट प्रेस संगठन नेपालको प्रदेशस्तरीय भेलालाई संबोधन गर्न गौतम आउन लागेका हुन् ।

पुर्वउपप्रधान तथा गृहमन्त्री गौतम माघ २५ गते शनिबार हेटौंडा आउन लागका हुन् । केही दिनअघि मात्रै काठमाडौंमा भएको पार्टी केन्द्रीय बैठकले गौतमलाई उपाध्यक्षमा मनोनित गरेको थियो ।  उपाध्यक्ष भए लगत्तै गौतम हेटौंडा आउन लागेका हुन् ।

गौतमले प्रेस संगठनका हालै निर्वाचित १३ वटै जिल्लाका संयोजक, सहसंयोजक र सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । प्रदेशस्तरीय भेलाको तयारी सकिएको प्रेस संगठन मकवानपुरका संयोजक प्रकाश दाहालले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*