यस्तो छ १० दिनमा तयार भएको चीनको अस्पताल, सोमबारबाट प्रयोगमा आउँदै

हेटौडा न्युज
२० माघ २०७६, सोमबार १८:३२
;

कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ ।

हुओसेन्सान (अग्नि देवताको पहाड) अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो । यस अस्पतालमा सोमबारबाट चिनियाँ सेनाका १४ सय मेडिकल स्टाफले उपचार सुरु गर्ने चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । तीमध्ये ९५० जना चीनको जनमुक्ति सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् भने ४५० जना सेना, जलसेना र वायुसेनाका मेडिकल विश्वविद्यालयका स्वास्थ्यकर्मी रहेका छन् ।

""

 

गत जनवरी २३ मा १ हजार शैय्या क्षमता भएको हुओसेन्सान अस्पतालको निर्माण शुरु गरिएको थियो ।

यसअघि सन् २००३ मा सार्सको महामारीका दौरान पनि बेइजिङमा सियाओताङसान अस्पताल एक हप्ताभित्रै तयार गरिएको थियो ।

 

""

 

जब फाङ सियाङ र उनको टोलीले हुओसेन्सान अस्पताल बनाउने जिम्मा पाए, उनीहरुलाई यो ‘मिसन इम्पोसिबल’ (पूरा गर्न नसकिने मिसन) लागेको थियो । ‘यस आकारको परियोजनाका लागि कम्तिमा दुई वर्ष लाग्छ,’ चाइना कन्सट्रक्सनको थर्ड कन्सट्रक्सन कम्पनी लिमिटेडका प्रोजेक्ट म्यानेजर फाङले भने, ‘एउटा अस्थायी भवन निर्माणका लागि पनि कम्तिमा एक महिना लाग्छ, यहाँ त एउटा अस्पताल नै बनाउनुपर्ने थियो ।’

""

जनवरी २३ देखि फेब्रुअरी १ सम्म वुहानमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या ४ सय ९५ देखि ४ हजार १ सय ९ पुगेको थियो ।

वुहानको दक्षिण पश्चिममा रहेको झियान ताल नजिकै यो अस्पताल निर्माण गरिएको छ । मानिसहरु बसोबास गर्ने स्थानबाट यसलाई टाढा बनाइएको छ । जसमा यातायात, पाइपलाइनका साथै खानेबस्ने सुविधा रहेको छ ।

""

अधिकारीहरुले ५ घण्टा बसेर यस अस्पतालको डिजाइनको छलफल गरेका थिए भने २४ घण्टाभित्र यसको डिजाइनको ड्राफ्ट तयार गरेका थिए ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले शनिबार २५ सय बढी कोरोनाभाइरस संक्रमित नयाँ बिरामी देखिएको र ४५ जनाको संक्रमणबाट मृत्यु भएको जनाएको थियो । मृत्यु हुने सबै हुबेइ प्रान्तका रहेका छन् ।

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

""

तस्विरहरु : सिन्ह्वा/बीबीस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*