कारले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

हेटौडा न्युज
१८ माघ २०७६, शनिबार २१:५२
;

कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बर्दियाको नगरपालिका ९ माछागढ चिसापानीनजिकै पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गइरहेको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोसरसाइकलमा सवार बर्दियाको बारबर्दिया नगरपालिका १० की अन्दाजी ३०÷३१ वर्षीय रामकृष्णी थारुको मृत्यु भएको हो । 

मोटरसाइकल चालक सोही ठाउँको अन्दाजी २८÷२९ वर्षीय दुखराम थारु भने घाइते भएका छन्। शनिबार बिहान पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ९ च ९२९१ नम्बरको कारले सोही दिशामा गइरहेको भे ९ प ७८१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका थारुको कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक इन्द्रजित सुनारले जनाएको छ । कार चालक पर्वतको मोदी गाउँपालिकाका सुनिल गुरुङ र कार प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*