गौतमबुद्ध क्रिकेट रंगशालालाई गाँउपालिकाको सय टिपर बालुवा 

हेटौडा न्युज
१८ माघ २०७६, शनिबार १९:३७
;

धादिङको गल्छी गाँउपालिकाले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि सय टिपर बालुवा सहयोग गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले गाँउपालिकाले बालुवा सहयोग गरेको हो । 

आज शनिबार बिहान धादिङबाट आएको टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गर्न लागेको हो । रंगशाला निमार्णको लागि गाँउपालिकामा उत्खनित बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताएका छन् । बालुवा पुर्‍याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन आएका छन् । 

गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निुशल्क ढुवानी गरेको छ । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ । 

राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् । भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो । 

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । सबैको सहयोग र समन्वयबाट निमार्णले उच्च गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*