मकवानपुरको पशुपतिनाथ माविलाई नेता बानियाँको ४० लाख  

हेटौडा न्युज
१८ माघ २०७६, शनिबार १९:१३
;

मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविलाई ४० लाख रुपैयाँ दिने बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले घोषणा गरेका छन् ।

पशुपति विद्यालयमा अभिभावक भेलाको उद्घाटन गर्दै नेता बानियाँले आगामी बर्षको सांसद विकास कोषको ४० लाख रुपैयाँ पशुपतिनाथ माविको ब्याबसायिक भवन निर्माणका लागि प्रदान गर्ने घोषणा गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य जस्ता बिषयमा सकेसम्म सहयोग गर्ने बताउँदै नेता बानियाँले सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न शिक्षक, अभिभावक, विद्यार्थी सबै लाग्न आग्रह समेत गरे । 

भेलामा शिक्षक अभिभावक संघका अध्यक्ष ऋषिराम गौतमले करिब ७० लाख रुपैयाँबराबरको आयब्यय बिवरण प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई जग्गादान गर्ने चन्द्रबहादुर न्यौपाने र निर्मल गौतमलाई प्रमुख अतिथि नेता बानियाँले प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्पाथन कार्यालयका पूर्बअध्यक्ष बालमुकुन्द ढकाल, समाजसेबी उद्धबबहादुर बिष्ट, शिक्षक मनोज चौलागाईलगायतले मनतव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*