डिन भट्टसहित दश जना विद्यार्थीले थुने, विद्यार्थीको आन्दोलनलाई बेवास्ता गरेको आरोप

हेटौडा न्युज
१७ माघ २०७६, शुक्रबार २३:१५
;

कृषि तथा वनविज्ञान विश्वविद्यालयका डिन बलराम भट्टसहित दश जना शिक्षकलाई विद्यार्थीहरुले एउटै कोठामा थुनेका छन् ।
योग्यताक्रमलाई लत्याउदै डिन भट्टले पदको. दुरुपयोग गर्दै आफ्ना मान्छे भर्ना गरेको विद्यार्थीहरुको आरोप छ ।

विगत ४० दिनदेखि आन्दोलनरत विद्यार्थीहरुले मध्यान्न १२ बजे देखि साँझ ५ बजे सम्म क्याम्पसका डिन भट्ट, सहायक डिन बासुदेव पोखरेल लगायतका भर्ना समितीका शिक्षकहरुलाई क्याम्पसको सेमिनार हलमा थुनेका हुन् । 

क्याम्पसका डिन भट्टले पदको दुरुपयोग गरेर भर्ना प्रकृयामा अनियमीतता गरेको र ४० दिन देखि विद्यार्थीको आन्दोलनलाई बेवास्ता गरेको आरोपमा शुक्तबार ५ घण्टा सेमिनार हलमा नै थुनेका हुन् । 

विद्यार्थीहरुले डिन सहित शिक्षकहरुलाई थुनेर बाहिर नाराबाजी समेत गरेका थिए । क्याम्पसका डिनको कार्यकक्षमा ताला लगाएर धर्ना बसेका बिद्यार्थीहरुले क्याम्पस प्रशासन र डिन भट्टले आन्दोलनलाई बेवास्ता गरेर दबाउन खोजेको आरोप समेत लगाएका छन् ।
क्याम्पस प्रशासनले मेरिटको आधारमा प्रकाशित गरेको नतिजा विश्व विद्यालय ऐन विपरित भए भएको भन्दै विद्यार्थीहरुले पुस ७ गतेदेखि विद्यालयको डिन, शैक्षिक र आर्थिक कार्यकक्षामा विद्यार्थीहरुले तालाबन्दी गरेका थिए ।

कृषि तथा वन क्याम्पसले गत पौष ६ गत प्रकाशन गरेको भर्ना सम्वन्धि सुचनामा विश्वविद्यालयका डीन बलराम भट्टले पदको दुरुपयोग गरेको विद्यार्थीहरुको आरेप लगाउदै आएका छन् ।

डीन भट्टले आफ्नो ईन्स्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुको पक्षमा एकलौटी भर्ना गर्ने निर्णय सहितको सूचना निकाले पछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विश्वविद्यालयको पठनपाठन ४० दिनदेखि बन्द रहेको छ भने, विद्यार्थीहरुले डीनको कार्यकक्षमा ताला लगाईदिएका छन् ।

गत पौष ५ गते लिइएको प्रवेश परीक्षामा पास भएका मध्य ४२ देखि १ सय ८८ क्रम संख्याका विद्यार्थीहरु भर्नाबाट बञ्चित रहेको खतिवडाको भनाई छ ।

खतिवडाका अनुसार १ देखि ४१ र १ सय ८९ देखि ६ सय २५ क्रम संख्याका विद्यार्थीहरु मेरिटमा परेका थिए । मेरिटमा परेका विद्यार्थीहरुमात्रै विद्यालयमा भर्ना हुन पाउने व्यवस्था रहेको छ ।

विद्यार्थीहरुले इन्ट्रान्स पास गरेका मध्ये पहिलो ४१ जनाले हेटौंडा र २१ जनाले उदयपुरको कटारी गरी जम्मा ६२ जनाले योग्यताक्रम ९मेरिट० को आधारमा निशुल्क अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।

तर डीन भट्टले योग्यतालाई लत्याउदै योग्यताक्रमको ४२ औं देखि योग्यता पुगेकालाई पञ्छाएर ६ सय २५ औं योग्यताक्रमका विद्यार्थीहरुलाई निशुल्क अध्ययनको व्यवस्था मिलाएको आरोप लगाएका छन् ।

विश्वविद्यालयमा वीएस्सी फरेष्ट्रीमा ८६ जनाको कोटा रहेको छ भने सशुल्क अध्ययनका लागि प्रति विद्यार्थीले ३ लाख ५० हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ । आन्दोलनका कारण कोर्ष पूरानै नहुने सम्भावना देखिएको छ ।
 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*