श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

हेटौडा न्युज
१७ माघ २०७६, शुक्रबार २२:३७
;

श्रीमतीको कुटाइले श्रीमानको मृत्यु भएको छ ।  बागलुङ जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु भएको हो । 

गएराती रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको प्रहरीले जनाएको छ । हात हालाहाल हुने क्रममा श्रीमान रविलाल विक भित्ताको ढुंगामा ठोक्किन पुगेका थिए ।

श्रीमतीको धक्का खाएर ढुंगामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ  । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*