विप्लव समूहका ब्युरो इञ्चार्ज माइला लामासहित चार जनालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

हेटौडा न्युज
१७ माघ २०७६, शुक्रबार १९:०८
;

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा उपत्यकाका ब्युरो इञ्चार्ज माइला लामालगायत चार जनालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। 

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार लामासहित भृकुटी भन्ने धिरिन्द्रा कुमारी उपाध्याय, ईश्वर परियार, हितमान भन्ने नविन विश्वकर्मालाई थुनामुक्त गर्ने आदेश गरेको हो ।

उक्त इजलासले अर्का नेता हेमन्त प्रकाश ओलीसहित लोकेन्द्र  कुमार खड्का, बुद्धबहादुर  सिंताङ, शिव धिमाल, डिकेन्द्र राई, सूर्य भुजेल र दोर्ची शेर्पालाई भने थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।

ओली सहितका नेतालाई एनसेलको केन्द्रीय कार्यालयमा वम विष्फोट गराइ एक जनाको हत्या गरेको आरोप छ। उनीहरूको साथबाट हातहतियार बरामद भएको, राई, भुजेल र शेर्पालाई एनसेलका बडिगार्डहरूले विष्फोट गराएको भन्दै सनाखत गरेको आधारमा थुनामै राख्ने आदेश दिएको हो ।

उनीहरूमाथि काठमाडौं लगायतका विभिन्न ठाउँमा बम विष्फोट गराएको, ज्यानमार्ने कसूर गरेको र राज्य विरूद्धको अपराध गरेको भन्दै मुद्दा चलाइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*