हेटौंडामा यसरी समातियो अफिम र ६३ केजी गाँजा

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार १९:०४
;

मकवानपुर प्रहरीले हिजो बुधबार बिहान करीब ३ सय ग्राम लागू औषध अफिम  र ६३ केजी गाँजासहित २ जनालाई पक्राऊ गरेको छ । प्रहरीलाई आएको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी नायब निरीक्षक राजेशकुमार यादवको प्रहरी टोली सडकमा सवारी चेकिङ्गमा पुगेको थियो ।

""प्रहरी टोलीले हेटौंडा तर्फ आउँदै गरेको ना. ३ च ५९९७ नम्बरको सवारी चेकजाँचको क्रममा लागूऔषध ३ सय १० ग्राम अफिम र ६३ केजी गाँजा सहित २ जनालाई पक्राऊ गरेको थियो । प्रहरीले बारा, पर्सौनी वडा नम्बर–६ का २८ बर्षीय लक्ष्मणप्रसाद साह र आदर्श कोतवाल–२ का ३० बर्षीय प्रेम पटेललाई पक्राऊ गरेको छ । 
""प्रहरीका अनुसार उनीहरुलाई अफिम मुद्दामा १५ वर्ष देखि जन्म कैद र ५ लाख देखि २५ लाख रुपैयासम्म जरिवाना तथा गाँजा मुद्दामा २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख रुपैयासम्म जरिवाना र सवारी साधन समेत जफत हुने जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*