अज्ञात समुहद्वारा मकवानपुरको दुई एनसेल टावरमा आगजनी
अज्ञात समुले मकवानपुरको दुई वटा एनसेल टावरमा आगजनी गरेको छ । भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमा गएराति आगजनी भएको हो ।
आगजनीबाट टावरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । घटनापछि देउरालीमा इलाका प्रहरी कार्यालय भीमफेदी र हेटौंडा उपमहानगरपालिका–१५ मा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली पठाइएको छ ।
विप्लव समूहको संलग्नता आगनजी भएको अनुमान गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।