‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ’ : प्रचण्ड

हेटौडा न्युज
१० माघ २०७६, शुक्रबार २१:०७
;

अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य रहेको उनले बताए । 

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गर्नुभएका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।’ सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको भन्दै उनले थपे, ‘उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।’
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*