हेटौंडाको मानसचोकमा फेला परेको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज
हेटौडा उपमहानगरपालिका-२ स्थित मानस चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीद्वारा डिस्पोज गरिएको छ ।
शुक्रबार मानस चोकमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको हो । मकवानपुर प्रहरीले अब सो शंकास्पद बस्तुबाट कुनै खतरा नरहेको जानकारी दिएको छ ।
शंकास्पद वस्तु फेला परेपछि त्रसित बनेका स्थानियहरुमा अहिले भने केही राहत मिलेको छ । सेनाको बम डिस्पोजल टोलिले देखिएको वस्तुलाई डिस्पोज गरेसँगै कुनै पनि विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ ।