मकवानपुरको दामन रिसोर्टमा मृत्यु भएका आठै जना भारतीयको आफन्तले बुझे शव

हेटौडा न्युज
९ माघ २०७६, बिहीबार १९:२८
;

मकवानपुरको  एभरेष्ट पानारोमा रिसोर्टमा मृत्यु भएका आठै जना भारतीय नागरिकको शव आफन्तले बुझेका छन्। नेपालस्थित भारतीय दूतावासको सहकार्यमा मृतकहरूको शव आफन्तलाई बुझाइएको हो । 

मृतकमध्ये पाँच जनाको शव लिएर बिहिबार बिहान आफन्त भारत उडेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जनाएको छ । अन्य तीन जनाको शव लिएर आफन्त जाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।  

गत सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङ स्थित रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका उनीहरुलाई मृत घोषण गरिएको थियो । मृतकहरू भारत केरलाका हुन्।

मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा रहेका थिए । 

मृतकहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*