मकवानपुरको धियालमा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

हेटौडा न्युज
९ माघ २०७६, बिहीबार १८:०५
;

मकवानपुरको धियालमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  बकैँयागाउँपालिका वडा न.२ धियालमा ना ६ त ६१८३ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ट्रयाक्टर चालक निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय परशुराम सिटौलाको मृत्यु भएको हो । 

सिटौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*