उच्च अदालत पाटन हेटौंडामा सार्न बर्तौलाको निवेदन
बागमती प्रदेशमा रहेको उच्च अदालत पाटन हेटौंडामा सार्नका लागि पहल गर्नुपर्ने निवेदन परेको छ ।
हेटौंडाका राजनीतिज्ञ ७४ वर्षीय सिताराम बर्तौलाले प्रदेशको राजधानी हेटौंडामा उच्च अदालत पाटन सार्नका लागि पहल गर्नुपर्ने भन्दै उच्च अदालत पाटन हेटौंडा इजलाश बार एसोसिएसन हेटौंडामा उक्त निवेदन दिएका हुन् ।
नेपालको संविधानको धारा १३९ को उपधारा (१) ले प्रत्येक प्रदेशमा एक उच्च अदालत रहने र न्याय प्रशासन ऐन २०७३ को दफा ५ को उपदफा (१) मा प्रत्येक प्रदेशको राजधानी रहेको ठाउँमा एक उच्च अदालत रहने व्यवस्था गरेको छ ।
सोही व्यवस्थाअनुरुप एनेको दफा ५ को उपदफा छ बमोजिम संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी रहेको ठाउँको निर्णय हुँदा प्रदेशको राजधानीबाट उच्च अदालत अन्य ठाउँमा भएमा त्यस्तो उच्च अदालतलाई सरकारको न्याय परिषद्सँग परामर्श गरी प्रदेश राजधानीमा सार्नुपर्ने भएकोले हेटौंडामा उच्च अदालत सार्नका लागि पहल गरि पाउँ भन्दै बर्तौलाले निवेदन दिएका हुन् ।
निवेदन यस्तो छ –