ग्याङफाइट हुँदा एक जनाको मृत्यु, एक घाईते

हेटौडा न्युज
८ माघ २०७६, बुधबार २१:५३
;

धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ मा मंगलबार राती युवाहरूबीच ‘ग्याङफाइट’ हुँदा एक जनाको मृत्यु भएको छ । करिव ६ –७  जनाको समूहमा रहेका युवाहरूको झडप हुँदा अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

झडपपछि गम्भीर घाइते भएका ३२ वर्षीय सन्तबहादुर तामाङको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु  भएको हो ।  अर्का घाइते रविन तामाङको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

युवाहरूबीच पुरानो रिसिइबीका कारण झगडा भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 

झडप घरभित्रै भएको र त्यहाँ भएका सामान नै हतियारका रूपमा प्रयोग गरिएको पाइएको रेग्मीले बताए । 
झडपमा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*