दुई पाङ्ग्रे सवारीको प्रयोगात्मक परीक्षामा २ सय २९ जना उतीर्ण

हेटौडा न्युज
६ माघ २०७६, सोमबार २१:२०
;

यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा आज सोमबार भएको सवारी चालक अनुमती पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा २ सय २९ जना उतिर्ण भएका छन् । यातायात कार्यालय हेटौंडाले आज दुई पाङग्रे (मोटरसाईकल र स्कुटर) को मात्र प्रयोगात्मक परिक्षा लिएको हो । 

५ सय ८० जना सम्मिलित प्रयोगात्मक परीक्षामा ५ सय २४ जना उपस्थित भएका थिए । बाँकी २४ जना भने अनुपस्थित रहेका थिए ।

५ सय २  जना सामेल भएका मोटरसाईकलको प्रयोगात्मक परीक्षामा २ सय ११ जना उर्तिण भएको यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ ।

त्यस्तै स्कुटर तर्फ ७८ जना मध्ये १८ जना उर्तीण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*