उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा दिने घोषणा
सोमबार संसद्मा सम्बोधन गर्दै प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने घोषणा गरेकी छन् ।
प्रतिनिधिसभाका उपसभामुख तुम्बाहाङ्फेले संसद्मा सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेकी हुन् । तुम्बाहाङ्फेले राजीनामा दिएपछि दिउँसो ४ बजे अर्को बैठक बस्नेछ।
सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले गर्ने भएका छन्। त्यसअघि ठाकुरले २ बजे शीतलनिवासमा पुगेर राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा बैठक संचालनका लागि ज्येष्ठ सदस्यको सपथ लिनेछन्।
सभामुख निर्वाचनको कार्यतालिका बैठकमार्फत् सार्वजनिक गरिनेछ ।