नेतृत्वले अविश्वास गर्दा सरकारमा महिला सहभागिता कम भयोः महिला सांसद
प्रदेश १ को प्रदेश सरकारमा महिला सहभागिता कम भएको महिला सांसदहरुले बताएका छन् ।
मुख्यमन्त्री शेरधन राईले आइतबार मन्त्री परिषद् विस्तार गरेसंगै महिला सांसदहरुले सरकारमा महिला सहभागिता कम भएको गुनासो गरेका हुन् । यस अघि प्रदेश १ सरकारमा महिलाको सहभागिता शुन्य थियो ।
आइतबार भएको मन्त्री परिषद् विस्तार संगै प्रदेश १ को सरकारमा एक महिला मन्त्रीको सहभागिता भएको छ । मुख्यमन्त्री राईको मन्त्रीमन्डलमा जसमाया गजमेरले राज्यमन्त्रीको नियुक्त लिएसंगै सरकारमा महिलाको उपस्थिति रहेको हो । यसअघि प्रदेश १ सरकारमा पाँच सदस्यीय मन्त्रिपरिषद् थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै महिला सांसदहरुले आफूहरुमाथि नेतृत्वले अविश्वास गरेको गुनासो गरेका छन् ।
‘संविधानले नै ३३ प्रतिशत महिला सहभागिता ग्यारेन्टी गरेको छ, महिला सांसदलाई पार्टीले विश्वास नगरेजस्तो देखिन्छ ।’ संघीय सरकारको मन्त्रिपरिषद्मा पनि महिला सहभागिता कम छ एक प्रदेश सभा सदस्यले बताइन् ।