अग्नि सापकोटालाई सभामुख बनाउन सहमत भए ओली – प्रचण्ड

हेटौडा न्युज
५ माघ २०७६, आईतवार १९:१७
;

प्रधानमन्त्रीको निवास बालुवाटारमा आईतबार बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष बिच  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत भएको प्रधानमन्त्री ओली निकट स्रोतले जनाएको छ । 

बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त थियो । सभामुख उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र नै लामो समयदेखि किचलो देखिएको थियो ।

यद्यपि आइतबारै अपराह्न बस्ने पार्टी सचिवालयको बैठकले सभामुखबारे निर्णय लिने जनाईएको छ । 

सभामुखको उमेदवारको विषयमा दुई अध्यक्ष सहमतिमा पुग्न सकेका थिएनन् । पार्टी एकताअघिकै भागवण्डाअनुसार सभामुख टुंग्याइनुपर्ने भन्दै पूर्वमाओवादी केन्द्रले अडान राख्दै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*