अजिताको शव हेटौंडा अस्पतालले पोष्टमार्टम गर्न मानेन, काठमाडौं पठाईदै 

हेटौडा न्युज
४ माघ २०७६, शनिबार २२:३७
;

शनिबार बिहान मृत अवस्थामा फेला परकी तेस्रो लिङ्गी अजिता भुजेलको शव  पोष्ट मार्टमको लागि काठमाण्डौंमा पठाईने भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ स्थित क्याम्पाडाँडामा मृत अवस्थामा फेला परेकी भुजेलको शव हेटौंडा अस्पतालले पोष्टमार्टम गर्न नमानेपछि काठमाडौ पठाउन लागिएको हो ।

हेटौंडा अस्पतालले पर्याप्त औजार नभएको भन्दै पोस्टमार्टम गर्न नमानेको हो ।

भुजेलको शव पोस्टपार्टम गर्नको लागि काठमाडौंस्थित टिचिङ अस्पतालमा पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको कारण अझै सम्म खुल्न सकेको छैन । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइहरेको जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*