१० वर्षीया बहिनीको हत्याको आरोपित दाजु १२ वर्षपछि पक्राउ, बाबुको ३ वर्षअघि भारतमै मृत्यु

हेटौडा न्युज
४ माघ २०७६, शनिबार १९:५१
;

१० वर्षीया बहिनीको हत्या गरेको आरोपमा १२ वर्षपछि दाजुलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा बालिकाको बुबा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । 

आफ्नै बहिनीको हत्या गरेको आरोपमा  रुपन्दैहीको बगौली गाविस–१ घर भएका ९साविकको० रामपन बेल्दारको ३७ वर्षीय छोरा रामभवन वेल्दारलाई पक्राउ गरेको हो । 

छोरी लाटी भएको भन्दै बाबुछोरा मिलेर २०६४ माघ ८ गते बालिकाको टाउकोमा कोदालो प्रहार गरेर निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

बालिकाको हत्यालगत्तै उनीहरुले नेपाल–भारत सीमाना नजिकै रहेको डण्डा नदीको किनारामा शव गाडेका थिए । बालिकाको हत्या भएको खबर प्रहरीले थाहा पाएलगत्तै माघ १३ गते गाडेको अवस्थामा प्रहरीले शव बरमद गरेको थियो । 

बालिकाको हत्या गरेपछि बाबुछोरा नै फरार थिए । उनीहरुले नै बालिकाको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको थियो । 

भारतमा लुकीछिपी बस्दै आएका रामभवनलाई अन्ततः विशेष सुराकीको आधारमा प्रहरीले नेपाल–भारत सीमाबाट माघ २ गते बालिकाकी दाजुलाई पक्राउ गरेको हो । 

त्यस्तै भारतमै लुकेर बस्दै आएका बालकिाको बाबु रामपनको भने ३ वर्षअघि भारतमै मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुल्न जनाईएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*