बालुवाटारमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवाको जम्काभेट

हेटौडा न्युज
३ माघ २०७६, शुक्रबार १७:४६
;

प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा जम्काभेट भएको छ ।

शुक्रबार बिहानै नेकपा र कांग्रेसका नेताहरु सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी छलफल गर्न प्रधानमन्त्री निवासमा भेला भएका हुन् ।

छलफलमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, सुवास नेम्वाङ लगायतका नेताहरु सहभागी छन् ।

यसैबीच, सत्य निरुपण सम्बन्धी छलफल सकिएपछि ओली र प्रचण्डबीच सभामुख चयनबारे पनि छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*