प्रकोपको क्षति कम गर्न बलियो संरचना, संरचनाका लागि सरकारको कानूनः गृहमन्त्री थपा
गृहमन्त्री रामबहादुर थापा बादलले कमजोर संरचनाकै कारण प्राकृति प्रकोपबाट ठूलो क्षति हुने गरेको बताएका छन् । भूकम्पलगायत प्राकृतिक प्रकोपको क्षति कम गर्न मजबुद पूर्वाधार निर्माण गर्नु पर्ने गृहमन्त्री थापाले बताएका छन् ।
गृहमन्त्री थापाले बलियो संरचनाका लागि सरकारले कानून निर्माण गरी कार्यन्वयन गर्ने बताएका छन् ।
२२औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोल पार्कमा आयोजित भूकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले विपद्बाट जोगिन नागरिकस्तरमा सचेतना फैलाउनु पर्ने बताएका हुन् ।
नागरिकलाई जागरुक गराइ आफ्नो सुरक्षा आफैं गर्न सक्ने अवस्थामा पुर्याउनु सरकारले सचेतना अभियान चलाउने बताएका छन् ।