कुटपिट गरी हत्या गरेको अभियोगमा राईलाई जन्मकैदको फैसला 

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार २०:५१
;

जिल्ला अदालत भोजपुरले काकाको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई जन्मकैदको फैसला गरेको छ ।

अदालतले ६३ वर्षीय बलबहादुर राईको हत्यामा संलग्न भोजपुर नगरपालिका-१० भैँसीपङ्खाका ४३ वर्षीय शङ्खराज भनिने श्रीकृष्ण राईलाई जन्मकैदको सजाय सुनाएको हो । 

हत्या गरेको अभियोगमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा २ बमोजिम जन्मकैदको फैसला गरेको आदालतका नायव सुब्बा खड्ग भट्टराईले बताए । 

त्यस्तै अदालतले मृतककी श्रीमती महिना राईले अभियुक्त श्रीकृष्णबाट एक लाख रुपैयाँ क्षतिपूर्ति पाउने पनि फैसला गरेको छ । 

आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले फकाएर, एक बोतल रक्सी किनेर एक आपसमा मिलापत्र गरेको भए पनि बलबहादुरको गत असोज १७ गते घरमै  ज्यान गएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*