प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बीच भेटवार्ता, सभामुख चयन बारे वार्ता

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार २०:४०
;

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ ।

बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा सभामुख चयनका विषयमा कुराकानी भएको नेकपा स्रोतले जानाएको छ ।

सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री ओली सकारात्मक भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । तर छलफलमा कुनै  सहमति नभएको र समग्र विषयमा खुलेर छलफल भएको  जनाएको छ ।

नेकपाभित्र सभामुख चयनका विषयमा चर्को मतभेद भइरहेका बेला दुई अध्यक्षबीच पाँच दिनपछि कुराकानी भएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*