प्रहरीले दुव्र्यवहार गरेको आस्था राउतको आरोप, प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, फुलिस’ जस्ता शब्द प्रयोग

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार २०:१४
;

गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी हुन् । 

 ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ? ’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् । 

भद्रपुर विमानस्थलमा रमिता नामक महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी छिन् । 

यतिबेला राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । 

भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् । 

 

यता, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियो आफूले नि हेरेको र छानविन प्रक्रिया सुरु भइसकेको बताए । उनले भने, ‘प्रहरीलाई गालीगलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको छ ।’
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रिसको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’ 

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*