डा.श्रीकृष्ण गिरीले गरे मानहानीको मुद्दा दायर, प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार १९:४७
;

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा दायर गरेपछि बीएण्डसी अस्पतालका सञ्चालक दूर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

सञ्चालक प्रसाईंले पत्रकार सम्मेलन गरी  डा. गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।
प्रसाईंले सार्वजनिक रुपमा आरोप लगाएपछि डा.गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानी र गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए । मुद्दाको कारवाही प्रक्रिया अगाडि बढाउँदै अदालतले प्रसाईंको नाममा पक्राउ पूर्जी जारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

आफूले सञ्चालन गरेको मेडिकल कलेजको अनुमति प्रक्रियाका क्रममा डा. गिरीले घुस मागेको आरोप प्रसाईंले लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*