टिपरले किचेर हत्या गरिएको दिलिपलाई शहीद घोषणा गर्न माग, नगरे आन्दोलनको गर्ने चेतावनी 

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार २२:२४
;

खोला उत्खननको विरोध गर्दा क्रसर उद्योगको टिपरले किचेर हत्या गरिएको युवकलाई पर्यावरण संरक्षण शहीद घोषणा गर्न माग गरेको छ। राष्ट्रिय विद्यार्थी संघको राराब क्याम्पस जनकपुरधाम इकाइ कमिटीका अध्यक्ष दिनेश यादवले आइतबार विज्ञप्ति निकालेर मृतक दिलीप महतालाई पर्यावरण संरक्षण शहीद घोषणा गर्न माग गरेका हुन्। 

संघले पीडित परिवारलाई क्षतिपूर्ती दिन प्रदेश सरकारसँग माग गर्दै प्रहरी प्रशासनकै मिलोमतोमा उनको हत्या गरिएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई छानबिनको जिम्मा दिन संघीय सरकारसँग माग गरेको छ । 

संघले विज्ञप्तिमार्फत दिलीपले पर्यावरण संरक्षणका एक असल संरक्षक रहेको उल्लेख गर्दै उनलाई पर्यावरण संरक्षण शहीद घोषणा नगरे सरकारको विरोधमा आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएको छ ।   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*