राजीनामा दिन्न, जे गर्ने हो गर्नुस् : उपसभामुख तुम्बाहाम्फे

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार २०:१७
;

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई सभामुख डा. शिवमाया तुम्बाहाम्फेले दोस्रो पटक पनि अस्वीकार गरेकी छन् । 

सभामुखको उम्मेदवार चयनका लागि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाएता पनि तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्‍याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले जनाएको छ । उनी  राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले जनाएको छ ।

सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।

अहिलेसम्म सभामुख कसलाई बनाउने भनेर व्यक्तिमा छलफल भएको छैन । बाहिर आएका हल्लाको कुनै अर्थ छैन । तर उपसभामुखले म राजीनामा दिन्न भनेर हिँडेपछि  परिस्थिति अलि पेचिलो बन्दै गएको स्रोतले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*