प्रदेश ३ को स्थायी राजधानी हेटौंडा घोषित, हेटौंडाको पक्षमा १ सय ५ मत

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार १७:२३
;

प्रदेश ३ को स्थायी राजधानी  हेटौंडा नै कायम हुने भएको छ । हेटौडाको पक्षमा १ सय ५ मत परे पछि हेटौंडा नै प्रदेशको स्थायी राजधानी घोषित भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा हेटौंडालाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मतदानको मत परिणाम अनुसार हेटौंडा नै प्रदेशको राजधानी घोषित भएको हो ।

सार्वजनिक गरिएको मतपरिणाम अनुसार हेटौंडाको पक्षमा १ सय ५ मत परेको थियो भने विपक्षमा ३ मत परेको थियो ।

यता प्रदेशको नामाकरण प्रकृया समेत सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*