नेत्र विक्रम चन्द विप्लवलाई पार्टीमा आउन ढिलाई नगर्न प्रचण्डको आग्रह

हेटौडा न्युज
२६ पुष २०७६, शनिबार १९:५१
;

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की लगायतलाई नेकपा प्रवेश गराउँदै नेत्र विक्रम चन्द विप्लवलाई पार्टी आउन ढिलाई नगर्न आग्रह गरेका छन् ।

‘भोलि स्वयम विप्लव पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन’ पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘मलाई भरोसा छ, एक दिन उहाँपनि यसैगरी आउने ठाउँमा पुग्छ ।’

सानोसानो चुलो चौकी राखेर बसेका अरु कम्युनिस्ट पार्टीका नेताहरुलाई समेत उनले एकठाउँमा आउन आग्रह गरेका हुन् । उनले भने देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका बारेमा किनकी समाजवादतिर जाने भन्ने कुरामा कम्युनिष्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको अवस्था छ’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*