अन्तत हेटौंडा नै राजधानी रहने

नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो ।
बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे हेटौंडा र बागमतीमा सहमति भएको बताएका छन् ।
यसअघि नेकपाको सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए । सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् ।