नेवि संघको शुल्क वृद्धि विरुद्ध हस्ताक्षर संकलन अभियान जारी 

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार १९:०२
;

शुल्क वृद्धिको निर्णय विरुद्ध नेपाल विद्यार्थी संघले हस्ताक्षर संकलन अभियान जारी राखेको छ । गत पुस २० गते बसेको मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको बैठकले गरेको शुल्क वृद्धिको निर्णय विरुद्ध नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबाट हस्ताक्षर संकलन गरिरहेको संयोजक सन्तोष चौलागाईँले जानकारी दिएका छन् ।

सञ्चालक समितिले भर्नामा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेकोमा गत पौष २१ गते देखी विद्यार्थी संगठनहरुले आन्दोलन गरीरहेका छन् ।

शुल्क वृद्धि निर्णयको खारेजीको माग गर्दै नेबि संघले हिजो बुधबार देखी हस्ताक्षर अभियान सुरु गरेको हो भने आज बिहिबारबाट क्याम्पस का सहायक प्रमुखलाई क्याम्पस प्रवेशमा रोक लगाइएको छ ।

क्याम्पसले शुल्क वृद्धि निर्णय फिर्ता नलिए आन्दोलनका थप कार्यक्रमहरु अघि सारिने नेवि संघले बताएको छ ।

यता, शुल्क वृद्धकै विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेकपा निकट अनेरास्ववियुको रिले अनसन आज तेस्रो दिन पनि जारी छ । शुल्क वृद्धिको निर्णय फिर्ता नभएसम्म स्ववियुको नेतृत्वमा रिले अनसन  जारी रहने बताइएको छ ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*